Random Posts

  • This is Slide 1 Title

    This is slide 1 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

  • This is Slide 2 Title

    This is slide 2 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

  • This is Slide 3 Title

    This is slide 3 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

Wednesday, August 12, 2026

न्यु डायमण्डका ५० खेलाडीलाई एक्सपर्टको सहयोग

काठमाडौंको नैकापस्थित न्यु डायमण्ड युथ स्पोर्टस क्लबको एकेडेमीमा रहेका ५० खेलाडीलाई एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले विभिन्न सामग्री सहयोग गरेको छ।

एक्सपर्टको २३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई ब्याग, सेनिटरी प्याड, प्याड भेन्डिङ मेसिन, क्याप तथा स्टेसनरी सामग्री वितरण गरिएको हो।

एक्सपर्ट महाराजगन्जका प्रबन्ध निर्देशक जयराम अर्यालले न्यु डायमण्डले महिला भलिबल खेलाडी उत्पादनमा पुर्याएको योगदानबाट प्रभावित भएर सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि न्यु डायमण्डसँग सहकार्य गर्ने सम्भावना रहेको बताए।

न्यु डायमण्डका अध्यक्ष कुमार राईले सहयोगका लागि एक्सपर्टलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य हुने विश्वास व्यक्त गरे।


पोखरा । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रुकुम पश्चिमकी ललिता नाथ र दाङका धनीराम चौधरीलाई मनोनीत गरेको छ।

मन्त्रीस्तरीय निर्णयबाट मनोनीत दुवैको कार्यकाल ४ वर्ष रहनेछ। पूर्व भलिबल खेलाडी तथा न्यु डायमण्डकी पूर्व कप्तान नाथ हाल सहायक प्रशिक्षकको भूमिकामा छिन्। चौधरी पूर्व एथलेटिक्स खेलाडी हुन् र राखेपमा लामो समय प्रशिक्षकका रूपमा कार्यरत थिए।