Random Posts

  • This is Slide 1 Title

    This is slide 1 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

  • This is Slide 2 Title

    This is slide 2 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

  • This is Slide 3 Title

    This is slide 3 description. Go to Edit HTML and replace these sentences with your own words. This is a Blogger template by Lasantha - PremiumBloggerTemplates.com...

Friday, July 24, 2026

काभा पुरुष भलिबल च्याम्पियनसिप: पाकिस्तानसँग पनि पराजित, नेपालको लगातार तेस्रो हार


 नेपाली पुरुष भलिबल टोलीले काभा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो हार बेहोरेको छ। बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो।

बलियो पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० को सेटमा हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्यो। यसअघि पनि पाकिस्तानले आफ्ना दुवै खेल सोझो सेटमा जितेको थियो।

लगातार तीन हारपछि नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ। शीर्ष चारभित्र रहँदै अन्तिम चारमा स्थान बनाउन नेपालले बाँकी दुवै खेलमा जित निकाल्नुपर्ने दबाब रहेको छ।

यसअघि नेपाल श्रीलंकासँग पनि पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित भएको थियो। नेपालले २–१ को सेट अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा श्रीलंकाले २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–११ को नतिजासहित पुनरागमन जित हात पारेको थियो।

प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले काजकस्तानविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई पाँचौं सेटसम्म पुर्‍याएको थियो। २–० ले पछि परेको अवस्थाबाट २–२ को बराबरी गरे पनि निर्णायक सेट गुमाउँदै नेपाल २५–१९, २५–२१, ३२–३४, १९–२५ र १५–९ को सेटमा ३–२ ले पराजित भएको थियो।

अब नेपालले बाँकी दुई खेल बंगलादेश र उज्वेकिस्तानविरुद्ध खेल्नेछ। प्रतियोगितामा एक दिन विश्राम रहनेछ।

यस संस्करणको च्याम्पियनसिपमा नेपाल, पाकिस्तान, काजकस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरी ६ टोलीको सहभागिता रहेको छ। सबै टोलीले एकअर्कासँग खेलिसकेपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

उल्लेखनीय रूपमा, झन्डै एक दशकअघि सेन्ट्रल जोन प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो, जुन पुरुष भलिबलमा नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक हो।

नेपालको टोली:
हरिहजुर थापा (कप्तान), सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्द।

प्रशिक्षक मण्डल:
मुख्य प्रशिक्षक – जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक – रुपेश कुमार विष्ट
व्यवस्थापक – सोमबहादुर श्रेष्ठ

Wednesday, July 22, 2026

नेपाल काभा भलिबल अन्तर्गतको पहिलो खेल‌मा पराजित

 

पाकिस्तानको इस्लामाबादमा भएको च्याम्पियनसिपको पहिलो खेलमा काजकस्तानसँग ३-२ ले पराजित भएको छ।

काजकस्तानले नेपालले २५-१९, २५-२१, ३२-३४,१९-२५, १५-९ लाई हराएको  छ । २-० ले पछि परेको खेलमा पुनरागमनका साथ २-२ को बराबरी गरेपनि नेपाल अन्तिम सेटमा चुकेको थियो।

यी २ टोली आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान गरि ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् । नेपालले भोलि श्रीलंकासँग खेल्नेछ।

पुरुष भलिबलमा नेपाल कमजोर रहँदै आएको छ। झन्डै एकदशक अघि सेन्ट्रल जोनमा नेपालले कास्य पदक जितेको थियो। पुरुष भलिबलमा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक हो।

Friday, July 17, 2026

नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन


 पोखरा (खेल खबर) — नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) का लागि ६ जना मार्की खेलाडी चयन गरिएका छन्।

अन्नपूर्ण स्पाइकर किंग्सबाट हिमाल सुनारी, कर्णाली शिवराजबाट पहल गहतराज र काठमाडौं रेड्सबाट सुनिल बोहरा मार्की खेलाडीका रूपमा रहेका छन्।

त्यस्तै, खप्तड फाल्कन्सबाट धिरोज काजी बस्नेत, मधेश वारियर्सबाट रविन नगरकोटी र सगरमाथा स्म्यासर्सबाट हरि हजुर थापा पनि मार्की खेलाडीमा छनोट भएका छन्। खप्तड फाल्कन्सका धिरोज बाहेक अन्य पाँच जना मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्य हुन् भने धिरोज यू–१९ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।

नेपाल भलिबल संघको संरक्षकत्वमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभिएलमा ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ। लिग भदौ महिनामा आयोजना हुने तयारी गरिएको छ।