१२४ रनको सामान्य लक्ष्य इटालीले मात्र १२.४ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो। मोस्का दाजुभाइ एन्थोनी (३२ बलमा ६२*) र जस्टिन (४४ बलमा ६०*) ले शतकीय साझेदारी गर्दै नेपाललाई पूर्ण रूपमा दबाबमा राखे।
यसअघि ब्याटिङमा नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।
🔹 आरिफ शेख – २७ रन
🔹 कप्तान रोहित पौडेल – २३ रन (२ छक्का)
🔹 आशिफ शेख – २० रन
🔹 दिपेन्द्र सिंह ऐरी – १७ रन
🔹 करण केसी – १८*
इङ्ल्यान्डसँग पहिलो खेलमा ४ रनको झिनो अन्तरले पराजित भएको नेपालले आज भने समर्थकलाई निराश बनायो। यो हारसँगै नेपालको सुपर–८ सम्भावना कमजोर बनेको छ।
अब बाँकी खेलमा उत्कृष्ट पुनरागमन गर्न नसके प्रतियोगिताबाट बाहिरिने खतरा बढ्नेछ।


0 Post a Comment:
Post a Comment